Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सेयर बजार घट्नेक्रम कायमै, नेप्से २१.५१ ले घट्दा ४ अर्बमा खुम्चियो कारोबार

सेयर बजार घट्नेक्रम कायमै, नेप्से २१.५१ ले घट्दा ४ अर्बमा खुम्चियो कारोबार

  • सोमवार, मंसिर १३ २०७८

  • 1.1K
    SHARES

  • सेयर बजार घट्नेक्रम कायमै, नेप्से २१.५१ ले घट्दा ४ अर्बमा खुम्चियो कारोबार


    काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार (आज) पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । आज पुँजी बजार मापक परिसूचक ’नेप्से’ २१ दशमलव ५१ प्रतिशतले घटेर २ हजार ६ सय २९ दशमलव ९६ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज चार अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएका २२८ कम्पनीका ८२ लाख २५ हजार ८२२ हजार कित्ता सेयर किनबेच भएका छन् ।

    यस दिन ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ९२ अंकले घटेर ४ सय ९५ दशमलव ५३ विन्दुमा ओर्लिएको छ ।

    आज हाइड्रोपावर र म्युचुअल फन्ड दुई उपसूचक बाहेक अन्य सबै उपसूचकहरु ऋणात्मक भएका छन् ।

    आज न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले अधिकतम ९ दशमलव ९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले गुमाएका छन् । आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै घटेको छ ।


    सोमवार, मंसिर १३ २०७८०४:०४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij