Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

भीम रावलपछि एमाले अध्यक्षमा ओलीले पनि दिए उम्मेदवारी

भीम रावलपछि एमाले अध्यक्षमा ओलीले पनि दिए उम्मेदवारी

  • सोमवार, मंसिर १३ २०७८

  • 482
    SHARES

  • भीम रावलपछि एमाले अध्यक्षमा ओलीले पनि दिए उम्मेदवारी

    काठमाडौँ । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दर्ता गराएपछि ओलीले पनि उम्मेदवारी दिएका हुन् ।

    ओलीलाई विष्णु पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् । ओलीले आइतबार राति बन्दसत्रमा १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरेका थिए । पहिल्यै अध्यक्षमा दाबी प्रस्तुत गरेका रावलको नाम त्यो सूचीमा थिएन ।

    प्रस्तावित पदाधिकारीको सूचीमा नपरेका घनश्याम भूषालले उपाध्यक्षमा र भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी ओलीको सर्वसहमतिको सूचीमा नअटाएका टंक कार्कीले पनि सविच पदमा उम्मेदवारी दिएका छन् । उनी चीनका पूर्व राजदूत हुन् ।


    सोमवार, मंसिर १३ २०७८११:२८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij