काठमाडौँ । गीतकार भोजराज पाण्डेले तेस्रो एपिक नेपाल म्युजिक अवार्ड प्राप्त गरेका छन् । उनको ‘‘आधी र हुरी, प्रचण्ड गर्मी’’ बोलको गीत आधुनिक विधा तर्फको शब्दमा सर्वाेत्कृष्ट भएको हो ।
एपिक नेपालले एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट हुने गायक, गायिका, शब्द, संगीत, मोडल लगायत विभिन्न विधामा सर्वाेउत्कृष्ट हुनेहरुलाई सम्मान गरेको हो । नेपाल प्रहरीमा कार्यरत प्रहरी निरिक्षक पाण्डेले केही महिना अघि मात्र ‘आँधी र हुरी प्रचण्ड गर्मी’ आधुनिक गीत बजारमा ल्याएका थिए ।
उनको यस आधुनिक गीतमा नेपाल रक्षाको लागि अग्रपंक्तिमा रहेका प्रहरी र प्रहरी जीवनका कठिनाइ झल्किएको पाइन्छ । प्रहरी जस्तोसुकै परिस्थितिमा पनि कर्तव्य प्रति निष्ठावान, निर्भिक र अटल रहने सन्देश गीतले दिएको छ । यस गीतलाई नेपाल प्रहरीले उत्कृष्ट ठान्दै बजारमा ल्याउन मान्यता दिएको थियो ।
मनोनयनमा परेको ५ आधुनिक गीतको शब्द मध्ये उत्कृष्ट हुँदै पाण्डेको प्रहरी गीतको शब्द सर्वाेत्कृष्ट घोषित भएको हो । यस गीतमा चर्चित गायक प्रताप दासले आवाज दिएका छन् भने दिपक शर्माले संगीत भरेका छन् ।
मध्यपुर ठिमी नगरपालिकाको सहकार्यमा यस बर्ष एपिक नेपालले आयोजना गरेको एपिक नेपाल म्युजिक अवार्ड २०७८ को सर्वाेत्कृष्ट हुन सफल गीत तथा गायक, गीतकार मोडलहरुलाई नगरप्रमुख मदन सुन्दर श्रेष्ठ सहित अग्रज कलाकारहरुले फुल माला सहित अवार्ड प्रदान गरेका थिए ।
भिडियो हेर्नुहोस्