Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस १४औं महाधिवेशन : काठमाडौँसहित थप ५ जिल्लाको मत परिणाम सार्वजनिक

कांग्रेस १४औं महाधिवेशन : काठमाडौँसहित थप ५ जिल्लाको मत परिणाम सार्वजनिक

  • सोमवार, मंसिर १३ २०७८

  • 608
    SHARES

  • कांग्रेस १४औं महाधिवेशन : काठमाडौँसहित थप ५ जिल्लाको मत परिणाम सार्वजनिक

    काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौँ जिल्ला सभपातिमा कृष्ण बानियाँ (सबुज) निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी उपेन्द्र कार्कीलाई झण्डै ८६८ मतान्तरले परजित गर्दै प्रकाशमान सिंह–गगन थापा समूहका बानियाँ सभापति निर्वाचित हुनुभएको हो ।

    आज बिहान आएको मतपरिणामअनुसार बानियाँले १९५७ मत ल्याउँदा सभापतिका अर्का उम्मेदवार कार्कीले १०८९ मत मात्र पाउनुभयो । काठमाडौँ उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मी चुनिएका भएका छन् ।

    यसैगरी, धादिङ जिल्ला सभापतिमा रामनाथ अधिकारी निर्वाचित हुनुभएको छ । हिजो भएको निर्वाचनबाट सभापतिमा अधिकारीले प्रतिस्पर्धी भीम ढुंगानालाई ३६ मतको अन्तरले पराजित गरी निर्वाचित हुनुभएको हो ।

    आज बिहान आएको मतपरिणामअनुसार अधिकारीले एक हजार ८२ मत ल्याएर सभापति निर्वाचित हुनुभएको हो । सभापतिका अर्का उम्मेदवार भीम ढुंगानाले एक हजार ४६ मत ल्याउनुभएको छ ।

    उता, गुल्मीको सभापतिमा पौडेल पक्षका खिलध्वज पन्थी निर्वाचित हुनुभएको छ । हिजो भएको पुनः मतदानमा पन्थीले सभापति शेरबहादुर देउवा पक्षका बेदबहादुर थापा मगरलाई ८८७ मत अन्तरले पराजित गर्नुभएको हो । पन्थीले एक हजार २७१ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिस्पर्धी थापा मगरले ३८४ मत मात्रै ल्याउनुभएको थियो ।

    त्यस्तै, कांग्रेस तनहुँको सभापतिमा जितप्रकाश आले निर्वाचित हुनुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट आलेले ९ सय ५१ मत ल्याउँदा उनका प्रतिस्पर्धी बैकुण्ठ न्यौपानेले ७ सय ८३ मत मात्रै प्राप्त गर्नुभयो ।


    सोमवार, मंसिर १३ २०७८०९:२९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij