Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीशविरुद्ध पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै नेपाल बार

प्रधानन्यायाधीशविरुद्ध पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै नेपाल बार

  • सोमवार, मंसिर १३ २०७८

  • 532
    SHARES

  • प्रधानन्यायाधीशविरुद्ध पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै नेपाल बार

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एशोसिएशनले पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै एक महिनादेखि आन्दोलनरत बारले सोमबार बार कार्यसमितिको बैठकपछि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

    बैठकमा आगामी आन्दोलनको मोडलबारे छलफल गर्ने र त्यसपछि घोषणा गरिने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो । बारले आइतबार पनि सर्वोच्च अदालत परिसरमा नियमित धर्ना दिएको थियो ।

    प्रधानन्यायाधीश जबराले न्यायालय ध्वस्त पारेको आरोप लगाउँदै बहिर्गमनका लागि राजनीतिक दललाई पनि हारगुहार गरिरहेको छ । बारले यस विषयमा ध्यानाकर्षण गर्न सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जसपालगायत विपक्षी दल नेकपा एमालेलाई पनि ध्यानाकर्षण गराइसकेको छ ।

    यस्तै सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सेनालाई पनि ध्यानाकर्षण पत्र बुझाइसकेको छ । तर यस विषयमा दलहरुले भने चासो देखाएका छैनन् ।

     


    सोमवार, मंसिर १३ २०७८०७:२१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij