Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एमाले अध्यक्षका लागि ओली र रावलबीच भिडन्त हुँदै, बिहान ९ उम्मेदवारी दर्ता

एमाले अध्यक्षका लागि ओली र रावलबीच भिडन्त हुँदै, बिहान ९ उम्मेदवारी दर्ता

  • सोमवार, मंसिर १३ २०७८

  • 906
    SHARES

  • एमाले अध्यक्षका लागि ओली र रावलबीच भिडन्त हुँदै, बिहान ९ उम्मेदवारी दर्ता

    काठमाडौँ । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने नै भएको छ । सौराहमा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए ।

    मध्यरातमा सुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गरेका थिए । उनले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव समेत गरेका थिए । तर रावलले उनको प्रस्तावलाई अस्वीकार गरे ।
    बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले एकताका लागि आफूले धेरै प्रयास गरेको बताए । तर रावलले आफू पछि नहट्ने बताएपछि ओलीले भने, ‘भीम रावल उम्मेदवार हुन्छु नै भन्ने हो भने उठ्न दिनुपर्छ ।’

    उनले सहमतिका लागि १९ पदाधिकारीको प्रस्ताव राखे र त्यसअनुसार नै उम्मेदवारी दर्ता गर्न नेताहरूलाई आग्रह गरेका छन् । एमालेको निर्वाचन अयोगका प्रमुख डा. विजय सुब्बाका अनुसार सोमबार विहान ९ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । ओलीले सहमतिका लागि प्रस्ताव गरिएका र अरुले पनि यो अवधिमा उम्मेदवारी दर्ता गरेपछि निर्वाचनको बाँकी प्रक्रिया अघि बढ्ने समेत उनले जानकारी दिएका छन् ।


    सोमवार, मंसिर १३ २०७८०७:२३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij