Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

काँग्रेस निर्वाचन समितिका संयोजक यादवको राजीनामा स्वीकृत, घिमिरे नियुक्त

काँग्रेस निर्वाचन समितिका संयोजक यादवको राजीनामा स्वीकृत, घिमिरे नियुक्त

  • आइतवार, मंसिर १२ २०७८

  • 340
    SHARES

  • काँग्रेस निर्वाचन समितिका संयोजक यादवको राजीनामा स्वीकृत, घिमिरे नियुक्त

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवको राजीनामा स्वीकृत भएको छ । स्वास्थ्यको कारण देखाउँदै संयोजक यादवले दिएको राजीनामा पार्टी सभापति शेरबहादुर देउवाले स्वीकृत गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ ।

    सभापति देउवाले उहाको राजीनामा स्वीकृत गरेर निर्वाचन समितिका वरिष्ठ सदस्य गोपालकृष्ण घिमिरेलाई संयोजक तोक्नुभएको छ ।

    डडेल्धुरा कांग्रेसको विषयमा निर्वाचन समितिमा फेरि विवाद भएपछि बिहीबार संयोजक यादवले राजीनामा दिएको समितिका एक सदस्यले बताउनुभयो । समितिले टुंग्याइसकेको विषयमा फेरि विवाद निकालेको आरोप यादवको थियो ।

    कांग्रेसको डडेल्धुरा जिल्ला अधिवेशनलाई मान्यता दिन नहुने भन्दै जिल्ला सभापति कर्णबहादुर मल्ललगायतका नेताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनमा छन् । सभापति मल्ल समूहले पार्टी सभापति देउवाको निर्देशनमा निर्वाचन समितिले काम गरेको भन्दै संयोजक यादवविरुद्ध नारावाजी गरेका थिए ।

    डेल्धुरामा निवर्तमान जिल्ला सभापति मल्ल समूहको बहिष्कारका बीच जिल्ला अधिवेशन सम्पन्न भएको छ । मल्ल समूहले उक्त अधिवेशन मान्य नभएको भन्दै पुन अधिवेशन गराउन दबाब दिएको छ ।

    यादवले डडेल्धुरा अधिवेशनकै विषयलाई लिएर एक महिना अघि पनि पदबाट राजीनामा दिनुभएको थियो।

    अब घिमिरे नेतृत्वको समितिमा सीताराम केसी, एकराज पोखरेल, तेजबहादुर रावल सदस्य रहेका छन् । समितिको सदस्य सचिवमा केशव रिजाल र जगन्नाथ श्रेष्ठले रहेका छन् । काँग्रेसले अगामी मंसिर २४–२६ गते १४ औं महाधिवेशन गर्दै छ । यतिबेला विभिन्न जिल्लामा अधिवेशन भइरहेको छ ।


    आइतवार, मंसिर १२ २०७८०१:२०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij