Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एमालेमा केन्द्रीय कमिटी र पदाधिकारी बढाउने प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट पारित

एमालेमा केन्द्रीय कमिटी र पदाधिकारी बढाउने प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट पारित

  • शनिवार, मंसिर ११ २०७८

  • 349
    SHARES

  • एमालेमा केन्द्रीय कमिटी र पदाधिकारी बढाउने प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट पारित

    काठमाडौँ । नेकपा एमाले नेतृत्वमा केन्द्रीय कमिटी तथा पदाधिकारी बढाउने प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट पारित भएको छ । जसअनुसार अब एमालेको केन्द्रिय समिति ३०१ सदस्यीय हुने भएको छ भने १९ जना पदाधिकारीहरु रहनेछन् ।

    हिजो राति बसेको केन्द्रीय समितिको अन्तिम वैठकले केन्द्रीय समितिको आकार बढाउने निर्णय लिएको थियो । यसअघि २२५ सदस्यिय केन्द्रीय समिति रहेकोमा ७६ जना थप्ने निर्णय भएको हो ।

    यस्तै, पदाधिकारी संख्या १५ बाट ४ जना थप भएको छ । उपाध्यक्षमा दुई र उपमहासचिवमा दुई जना थपिने भएको हो । केन्द्रिय कमिटी वैठकको निर्णय अनुसार ९९ सदस्यिय पोलिटब्यूरो गठनको प्रस्ताव पनि बन्द सत्रबाट प्रतिनिधिहरुले अनुमोदन गरेका छन् ।


    शनिवार, मंसिर ११ २०७८०८:०५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij