Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

व्यापक सहमति पार्टीको नीति हो, सहयोग गर्नुस् : ओली

व्यापक सहमति पार्टीको नीति हो, सहयोग गर्नुस् : ओली

  • शनिवार, मंसिर ११ २०७८

  • 599
    SHARES

  • व्यापक सहमति पार्टीको नीति हो, सहयोग गर्नुस् : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पूर्ण लोकतान्त्रिक अभ्यास, उच्च समझदारी, व्यापक सहमति र सुदृढ एकता’ पार्टीको नीति भएको बताएका छन् । त्यसको कार्यान्वयन दशौं महाधिवेशनबाट गर्न चाहेको भन्दै उनले आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

    दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले नेताहरुलाई फेरि पनि पालो आउने भन्दै आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरेका छन् । एकतावद्ध पार्टी अहिलेको आवश्यकता भएको भन्दै उनले संघर्ष, बलिदान र अनुभवबाट खारिएर आएकाहरुले काँचो व्यवहार देखाउन नहुने बताए । ‘अब पनि हाम्रा व्यवहार सामूहिकतातर्फ उन्मुख भएन भने हामीले सफलता प्राप्त गर्न सकौंला ?’, उनले सहभागीहरुलाई प्रश्न गरेका छन् ।

    एमाले अध्यक्ष ओलीले दशौं महाधिवेशनबाट नेपालका लागि मात्र होइन, दुनियाँका लागि नमुनाको दृष्टान्त दिनुपर्ने बताए । पूर्ण लोकतान्त्रिक अभ्यास, उच्च साझेदारी, व्यापक सहमति, सुदृढ एकता पार्टीको नीति रहेको भन्दै उनले भने, ‘यस नीतिको कार्यान्वयन यही महाधिवेशनबाट गर्ने छौं । अध्यक्षको हैसियतमा मलाई सहयोग गर्न र त्यसअनुसार उच्च समझदारी गर्न आग्रह गर्दछु ।’


    शनिवार, मंसिर ११ २०७८०८:०२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij