Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य थप्न प्रस्ताव

एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य थप्न प्रस्ताव

  • शनिवार, मंसिर ११ २०७८

  • 486
    SHARES

  • एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य थप्न प्रस्ताव

    काठमाडौं - नेकपा एमालेमा केन्द्रीय कमिटी र पदाधिकारी थप्ने प्रस्ताव आएको छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा २२५ सदस्यीय केन्द्रीय समितिको आकार बढाएर ३०१ सदस्यीय बनाउने प्रस्ताव गरेका हुन् ।

    ८ बजे सौराहस्थित जंगल क्राउनमा बस्ने भनिएको बैठकमा अध्यक्ष ओली ११ बजे आएपछि केन्द्रीय समिति बसेको थियो ।

    सर्वसम्मत नेतृत्व चयन गरेर एकताको महाधिवेशनको सन्देश दिन ओली पदाधिकारी र केन्द्रीय सदस्य थप्ने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् ।

    पदाधिकारी संख्यामा ८ जना उपाध्यक्ष र तीन जना उपमहासचिव राख्ने प्रस्ताव गरिएको छ । स्थायी समिति सदस्य भने ४५ जना यथावत राखिएको छ । अध्यक्ष ओलीको प्रस्तावमा ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने पनि उल्लेख छ ।


    शनिवार, मंसिर ११ २०७८०७:०२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij