Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images
एमाले महाधिवेशन

प्राप्त उपलब्धि रक्षाका लागि सबै दल एक ढिक्का हुनुपर्नेमा नेताहरुको जोड

प्राप्त उपलब्धि रक्षाका लागि सबै दल एक ढिक्का हुनुपर्नेमा नेताहरुको जोड

ओली भन्छन् : एमाले एक्लै काफी छ, आगामी चुनावमा बहुमत ल्याएर देशको नेतृत्व गर्छ
  • शुक्रवार, मंसिर १० २०७८

  • 834
    SHARES

  • प्राप्त उपलब्धि रक्षाका लागि सबै दल एक ढिक्का हुनुपर्नेमा नेताहरुको जोड

    काठमाडौँ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रका वक्ताहरुले सबै राजनीतिक दलहरुबीचको संवाद र सहकार्यलाई जोड दिएका छन् । चितवनमा आजदेखि सुरु भएको एमालेको महाधिवेशनमा सहभागी सबैजसो नेताहरुले प्राप्त उपलब्धि रक्षाका लागि सबै राजनीतिक दलबीच संवाद र सहकार्य हुनुपर्नेमा जोड दिएका हुन् ।

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक पर्ने बताउनुभयो । सबै दल मिलेर नयाँ संविधान ल्याएको भन्दै उहाँले यसलाई बलियो बनाउने जिम्मेवारी पनि सबै राजनीतिक दलको भएको बताउनुभयो ।

    संविधान कार्यान्वयन र लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न एमालेले जिम्मेवार भएर भूमिका खेल्नुपर्ने पनि प्रधानमन्त्री देउवाले बताउनुभयो ।

    नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले सामाजिक शक्तिहरूबीचमा एकता, द्वन्द्व र फेरि एकता हुने गरेको मार्क्सवादीहरूले मात्र अनुभूत गर्ने गरेको उल्लेख गर्नुभयो । द्वन्द्वबिना विकास सम्भव नभएको उल्लेख गर्दै उहाँले आफूहरूको बीचमा पनि यही नियम लागू भएको बताउनुभयो ।

    नेपाली कम्युनिस्टको आन्दोलनमा नेपाली जनताको विश्वास रहेको भन्दै नेता पोखरेलले जतिसुकै मतभेद र तिक्तता भए पनि राष्ट्र निर्माणका लागि सहमति र सहकार्य आवश्यक रहेकाले राष्ट्रिय स्वाधीनता र विकासमा विमति हुनु नहुने बताउनुभयो ।

    यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विश्वमा कम्युनिष्ट आन्दोलन अझेलमा परिरहेका बेला नेपालका कम्युनिष्ट दलमा सबैभन्दा ठूलो द्वन्द्व रहेको उल्लेख गर्नुभयो । अहिलेसम्मका प्राप्त उपलब्धिहरुको रक्षा गर्नु सबै राजनीतिक दलहरुको अभिभारा रहेको भन्दै उहाँले राष्ट्र र जनताको स्वार्थका लागि एक ढिक्का हुनुको विकल्प नरहेको बताउनुभयो ।

    कार्यक्रममा अधिकांश वक्ताहरुले राष्ट्र र जनताको हितका लागि सबै दल एक भएर अघि बढ्नुपर्नेमा जोड दिइरहँदा अध्यक्ष केपी शर्मा ओलीले भने एमाले एक्लै सबै क्षेत्रमा काफी रहेको दाबी गर्नुभएको छ । यसअघि जनादेशका लागि जान खोज्दा जनताको बीचमा जान डराउनेहरुले रोकेको आरोप लगाउँदै उहाँले निकट भविष्यमा आउन लागेको चुनावमा देशका लागि एमालेले एकल बहुमत ल्याउने दाबी गर्नुभयो । देशको सार्वभौमसत्ता र लोकतन्त्रको रक्षाका लागि एमालेको बहुमत चाहिएको ओलीको भनाइ छ ।

    कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले दुई वटा महत्वपूर्ण काम गरेको भन्दै ओली र एमालेको प्रशंसा गर्नुभएको थियो । सिके राउतको पृथकतवादी आन्दोलन र विप्लवको सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनु ओली र एमालेको पहिलो सफलता भएको उहाँले बताउनुभयो । यस्तै, लिम्पियाधुरा र लिपुलेकसहितको चुच्चे नक्सालाई संविधानको अंग बनाउने काम अर्को महत्वपूर्ण योगदान भएको थापाले बताउनुभयो ।

    कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेले देश र जनताको पक्षमा आफूलाई उभ्याउनुपर्ने बताउनुभएको थियो । एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै यादवले संविधानलाई अझ समावेशी र संघीयतालाई अझ प्रभावी बनाउन सबै राजनीतिक दलले योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

    महाधिवेशनको उद्घाटन सत्रमा एमालेबाट विभक्त भएर बनेको नेकपा एकीकृत समाजवादीबाहेक सबैजसो दललाई बोलाइएको थियो भने कार्यक्रममा उपस्थित भएर नेताहरु असल राजनीतिक संस्कार देखाएका छन् ।


    शुक्रवार, मंसिर १० २०७८०८:१२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij