Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चित्रबहादुर केसीको टिप्पणी: नेपालमा एक–अर्कालाई खुइल्याउने काम मात्रै भइरहेको छ

चित्रबहादुर केसीको टिप्पणी: नेपालमा एक–अर्कालाई खुइल्याउने काम मात्रै भइरहेको छ

  • शुक्रवार, मंसिर १० २०७८

  • 1.1K
    SHARES

  • चित्रबहादुर केसीको टिप्पणी: नेपालमा एक–अर्कालाई खुइल्याउने काम मात्रै भइरहेको छ

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई पेसा बनाएसम्म अहिलेको अवस्था कायम रहने बताउनुभएको छ । चितवनमा आयोजित नेकपा एमालेको १०औं महाधिवेशनको उद्द्धाटन सभालाई सम्बोधन गर्दै केसीले विश्वमा वाम आन्दोलन सकिँदै गएको बताउनुभयो ।

    विश्वमा वाम आन्दोलन सकिँदै गइरहँदा नेपालमा रहे पनि यहाँ एक–अर्कालाई खुइल्याउने काम मात्रै भइरहेको केसीले टिप्पणी गर्नुभयो ।

    उहाले देशभित्रको समस्यामा वाह्य शक्तिलाई सबै कुरा भनेका कारण उनीहरुले हेपेको टिप्पणी गर्नुभयो । ‘अहिले देखिएको अराजकता हामी नेताका कारण भएको हो भनेर स्वीकार गर्नु प¥यो,’ उहाले भन्नुभयो, ‘हामी राजनीतिक दल नसुध्रिएसम्म हुँदैन । राजनीतिकलाई पेसा बनाएसम्म यस्तै हुन्छ ।’
    केसीले राजनीतिक दलहरु मिलेर हासिल गरेको उपलब्धी रक्षा गर्ने कि गुमाउने भन्ने परीक्षाको घडी आएको बताउनुभयो । देश र जनताका लागि दलहरु एक ढिक्का हुनुको विकल्प नरहेको उहाको भनाइ छ ।

    उहाले भन्नुभयो, ‘हामी अहिलेको दुरावस्थाका लागि आफैं जिम्मेवार हौं भन्न सक्नुपर्छ । यदि हामीले देशको राष्ट्रियता र अखण्डलाई अगाडि राखेर राजनीति गरेनौं भने बाह्य शक्तिले घोक्रेट्याक लगाउने छन् ।’


    शुक्रवार, मंसिर १० २०७८०२:५५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij