काठमाडौं । नेपाली काँग्रेस गुल्मीका जिल्ला सभापति भूवन श्रेष्ठले उम्मेदवारी नदिने घोषणा गर्नु भएको छ । सहमतीमा जिल्ला नेतृत्व चयनका लागि लामो समयदेखि भएको प्रयासले सार्थक रुप लिन नसकेपछि उम्मेदवारी नदिने निर्णय गरेको उहाँले स्पष्ट पार्नु भएको छ ।
सवैको सहमती भएमा जिल्ला सभापतिमा फेरि एक पटक दोहोर्याएर काम गर्ने चाहना रहेकाले सहमतिको प्रयास गरेको उहाँको भनाई छ ।
उहाँले आज विहान सामाजिक सञ्जालहरुमा लेख्नु भएको छ, “नेपाली काँग्रेस गुल्मीको ८ औँ जिल्ला अधिवेशनमा सहमती र सहकार्य गर्दै एकताको मध्यमबाट सर्वसम्मत जिल्ला नेतृत्व चयन हुने संभावना नभएपछि म पुनः सभापतिमा दोहोरिने चाहनाबाट पछि हटेको छु ।”
सभापतिका अन्य आकांक्षीहरुले उम्मेदवारी दिने अडान कायमै राखेपछि सभापति श्रेष्ठ पछाडि हट्नु भएको हो । गुल्मी लगाएका ४० जिल्लामा काँग्रेसको जिल्ला अधिवेशन आज हुन लागेको छ ।