Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images
एमाले महाधिवेशन विशेष

नेकपा एसका नेता भन्छन्- महाधिवेशनमा बोलाएको भए हामी पनि जान्थ्यौँ, एमालेलाई शुभकामना दिन्थ्यौँ

नेकपा एसका नेता भन्छन्- महाधिवेशनमा बोलाएको भए हामी पनि जान्थ्यौँ, एमालेलाई शुभकामना दिन्थ्यौँ

  • बिहिवार, मंसिर ९ २०७८

  • 996
    SHARES

  • नेकपा एसका नेता भन्छन्- महाधिवेशनमा बोलाएको भए हामी पनि जान्थ्यौँ, एमालेलाई शुभकामना दिन्थ्यौँ

    काठमाडौँ - नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने पक्का भए पनि सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी नहुने भएका छन् ।

    एकीकृत समाजवादीलाई एमालेले निम्ता नै नगरेको होे भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले महाधिवेशनलाई बहिस्कार गर्नुभएको हो ।
    प्रचण्डलाई एमाले नेता डा. राजन भट्टराईले खुमलटारस्थित निवासमै पुगेर महाधिवेशनको निम्ता दिनुभएको थियो ।

    तर कार्यव्यवस्तता देखाउँदै प्रचण्ड एमाले महाधिवेशनमा सहभागी नहुने भएपछि राजनीतिक संस्कार नदेखाएको टिप्पणीहरू भइरहेका छन् । तर माओवादी नेता दिनानाथ शर्माले आफ्नै पार्टीको कार्यक्रममा व्यस्त भएपछि अध्यक्ष प्रचण्डले एमाले महाधिवेशनमा जान नभ्याएको जिकिर गर्नुभयो ।

    एमालेलाई महाधिवेशनको शुभकामना दिँदै उहाँले माओवादी नेतृत्व सहभागी नभएको विषयलाई राजनीतिक संस्कार नदेखाएको भन्न नमिल्ने बताउनुभयो ।

    एकातिर प्रचण्डलाई घरमै पुगेर निम्तो दिँदा पनि राजनीतिक संस्कार देखाउन नसकेको आरोप एमालेजनले लगाइरहँदा एकीकृत समाजवादीलाई नबोलाएको विषयमा एमाले नेतृत्वको पनि कठोर आलोचना भइरहेको छ ।

    हालै एमालेबाट विभाजन भई नेता माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी अस्तित्वमा छ । तर अवैध गर्भधारणबाट जन्मेको सन्तानको संज्ञा दिँदै एमालेले उसलाई आफ्नो महाधिवेशनमा नबोलाएको हो । नेकपा एसका नेता मेटमणि चौधरीले एमालेले सामान्य राजनीतिक संस्कार पनि देखाउन नसकेको प्रतिक्रिया दिनुभयो ।

    कतिपयले बोलाएको भए पनि माधव नेपाल एमाले महाधिवेशनमा सहभागी नहुने दाबी गरिरहँदा त्यस पार्टीका नेता चौधरीले भने राजनीतिक संस्कारकै लागि पनि आफूहरुलाई बोलाइएको भए सहभागी हुने कुरामा दुईमत नरहने बताउनुभयो । एमालेलाई शुभकामना दिने कुरामा आफूहरुले कन्जुस्याई नगर्ने उहाँले बताउनुभयो ।

    तर राजनीतिक विश्लेषक डा. लोकराज बराललाई निम्तो पठाइएको हुन्थ्यो भने पनि माधवकुमार नेपाल एमाले महाधिवेशनमा सहभागी हुने थिए भन्ने कुरामा विश्वास छैन । एमालेसँग रिसाएका प्रचण्ड र माधव नेपाल अहिलेको अवस्थामा उसको महाधिवेनमा सहभागीहुने कुरा विश्वास गर्न नसकिने उहाँले बताउनुभयो ।

    विगतमा एकअर्काे पार्टीका कार्यक्रममा सहभागी भएर शुभकामना आदानप्रदान हुने कुरालाई अहिले नेताहरुले आत्मसाथ नगरेको उहाँले बताउनुभयो ।

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले महाधिवेशनमा नबोलाएको सम्बन्धी पत्रकारहरुको जिज्ञासामा नजाने गाउँको बाटै नसोध्न आग्रह गर्नुभयो । भोलि चितवनको सौहारामा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदैछ ।

    महाधिवेशनमा सहभागी हुन देशभरबाट एमाले नेता कार्यकर्ता चितवन पुगिरहेका छन् । एमालेले महाधिवेशन उद्घाटन समारोहमा पाँच लाख मानिस उतार्ने तयारी गरेको छ ।


    बिहिवार, मंसिर ९ २०७८०७:४३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij