Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउन माग गर्दै बालुवाटारसम्म न्याय मार्च

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउन माग गर्दै बालुवाटारसम्म न्याय मार्च

  • बिहिवार, मंसिर ९ २०७८

  • 459
    SHARES

  • प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउन माग गर्दै बालुवाटारसम्म न्याय मार्च

    काठमाडौँ । न्यायपालिका शुद्धीकरणको माग गर्दै करिब एक महिनादेखि आन्दोलनमा होमिएका कानुन व्यवसायीको अगुवाइमा नागरिक समाजले मार्चपास गरेको छ । आज दिउँसो २ बजेदेखि कानुन व्यवसायीसँगै पेसागत सङ्गठनहरूले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरेका हुन् ।

    बालुवाटार न्याय मार्च नाम दिइएको मार्चपासको नेतृत्व नेपाल बार एसोसिएसनले गरे पनि बृहत् नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति महासंघ लगायत, नेपाल शिक्षक संघ, नेपाल इञ्जिनियर्स एसोसिएसन लगायतका पेसागत संघ र संस्थाको समेत सहभागिता रहेको थियो ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउन र सम्पत्ति छानबिन गर्न माग गर्दै बारसहित ८ वटा संघ संस्थाले संयुक्त मार्चपास गरेका हुन् ।

    सर्वोच्चमा प्रधानन्यायाधीशका रूपमा चोलेन्द्र शमशेर जबरा आएपछि न्यायपालिकामा विसंगति र भ्रष्टाचार बढेको, पेसी तोक्ने बेलादेखि नै सेटिङ भई आफूले चाहे अनुसारको फैसला गराउने गरेको, कार्यपालिका र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको लगायतका आरोप लगाउँदै उनीमाथि कारबाही माग भएको हो ।


    बिहिवार, मंसिर ९ २०७८०५:५२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij