Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग माग गर्दै बालुवाटार न्याय मार्च

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग माग गर्दै बालुवाटार न्याय मार्च

  • बिहिवार, मंसिर ९ २०७८

  • 489
    SHARES

  • प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग माग गर्दै बालुवाटार न्याय मार्च

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै बालुवाटार न्याय मार्च सुरु भएको छ । नेपाल बार एशोसिएशनसहित नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एशोसिएसन र बृहत नागरिक आन्दोलनले सर्वोच्च अदालतको गेटदेखि बालुवाटारसम्म न्याय मार्च गर्न लागेका हुन् ।

    सर्वोच्च अदालतको गेटबाट सुरु भएको मार्च माइतीघर, भद्रकाली हुँदै बालुवाटारतर्फ अघि बढेको छ । मार्चमा सहभागीहरूले जबराको सम्पत्ति छानविन गर्न र महाअभियोग लगाउन माग गरेका छन् ।

    प्रधानन्यायाधीश जबराको राजीनामा र न्यायालय पुनःसंरचनाको आन्दोलनमा अन्य संघसंस्थाले साथ दिएर न्याय माच गरिएको हो । यी सात संस्थाले प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउन राजनीतिक दल र संसदलाई दबाब दिँदै ¥याली निकालेका हुन् ।



    बिहिवार, मंसिर ९ २०७८०३:१९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij