काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले सांसद प्रदीप यादवलाई कारबाही गरेको छ । मन्त्री नबनाएको भन्दै यादव निकट नेता कार्यकर्ताले पार्टी अध्यक्षविरुद्ध नाराबाजी गर्नुका साथै पुत्ला जलाएका थिए ।
पार्टीको झण्डा जलाउन संलग्न भएको आरोप समेत लागेका सांसद यादवलाई तत्कालका लागि केन्द्रीय सदस्यबाट हटाइएको छ ।
बुधबार सकिएको जसपा बैठकले यादवलाई तत्कालका लागि केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको छ । अब उनी पार्टीको साधारण सदस्य मात्र रहने छन् । सांसद यादवले भने आरोप अस्वीकार गरेका छन् ।