Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राप्रपा अध्यक्ष पदमा लिङ्देनको उम्मेदवारी घोषणा

राप्रपा अध्यक्ष पदमा लिङ्देनको उम्मेदवारी घोषणा

  • बिहिवार, मंसिर ९ २०७८

  • 1.0K
    SHARES

  • राप्रपा अध्यक्ष पदमा लिङ्देनको उम्मेदवारी घोषणा

    काठमाडौं । राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।नेपालगञ्जका मेयरसमेत रहेका नेता धवलशम्शेर राणाको समर्थनमा लिङ्देनले बिहीबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो।

    काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै अब पार्टीको परम्परागत गुट अन्त्य गर्ने बताउनुभएको छ ।

    उहाँले आफू पार्टीको अध्यक्ष बने देशमा कांग्रेस–कम्युनिष्टले गर्न नसकेको काम गर्ने बताउनुभयो।
    कार्यक्रममा नेता धवलशम्शेरले पार्टीमा नयाँ अनुहार दिन नसके पार्टी सिद्धिने बताउनुभयो। आफूहरूले पार्टीमा नयाँ सुरुवात गर्न लागेको राणाले बताउनुभएको छ ।

    1637740683-XMyOJ.jpgराप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

     


    बिहिवार, मंसिर ९ २०७८०१:५३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij