Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रुसी राष्ट्रपति पुटिनलाई अझै १६ वर्षसम्म सत्तामै रहने बाटो खुला

रुसी राष्ट्रपति पुटिनलाई अझै १६ वर्षसम्म सत्तामै रहने बाटो खुला

  • बिहिवार, आषाढ १८ २०७७

  • 831
    SHARES

  • रुसी राष्ट्रपति  पुटिनलाई अझै १६ वर्षसम्म सत्तामै रहने बाटो खुला

    काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अझै १६ वर्षसम्म सत्तामै रहने बाटो खुला भएको छ । पुटिनलाई सन् २०३६ सम्म सत्तामै रहन मिल्ने गरी संविधान संशोधन गर्न गरिएको चुनावमा जनताले संशोधनको पक्षमा मतदान गरेपछि पुटिन थप १६ वर्ष पदमै रहिरहन सक्ने भएका हुन्।

    संशोधित कानूनमा टेकेर वर्तमान राष्ट्रपति पुटिनको कार्यकाल समाप्तिपछि ६६ वर्षको अतिरिक्त समय पदमा बसिरहन जनताले चुनावी माध्यमबाट मञ्जुरी दिएका हुन्।

    एकसाता लगाएर गरिएको चुनावको ९८ प्रतिशत हाराहारी मतगणना भइसक्दा ७८ प्रतिशतभन्दा बढी जनताले संविधान संसोधनको पक्षमा मतदान गरेको त्यहाँको निर्वाचन आयोगलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

    सन् २०२४ मा सकिने हालको कार्यकालपछि पनि राष्ट्रपतीय निर्वाचनमा सहभागी हुने सम्भावनालाई ६७ वर्षीय पुटिनले अस्वीकार गरेका छैनन् । उनी फेरि चुनाव लडेर सन् २०३६ सम्म सत्तामा बसिरहने चर्चा भइरहँदा कानूनी बाटो पनि अब खुला भएको हो ।

    सन् १९९९ मा प्रधानमन्त्री भएपश्चात् सन् २००० देखि २००८ सम्मका लागि राष्ट्रपति बनेका पुटिन सन् २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेका थिए भने सन् २०१२ यता पुनस् राष्ट्रपति भएका थिए ।


    बिहिवार, आषाढ १८ २०७७०२:३६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij