Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमाले स्थायी कमिटी बैठक आज बस्दै

एमाले स्थायी कमिटी बैठक आज बस्दै

  • मंगलवार, मंसिर ७ २०७८

  • 345
    SHARES

  • एमाले स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    एमालेले साेमबार स्थायी कमिटी डाकेकाे थियाे । तर नेताहरुकाे कार्यव्यस्तता भन्दै बैठक अन्तिम समयमा आएर स्थगित भएकाे थियाे ।

    एमालेकाे १०औँ महाधिवेशनकाे तीन दिन अघि स्थायी कमिटी बस्न लागेकाे हाे । बैठकले महाधिवेशन प्रतिनिधि मनाेनयन गर्ने नेता तामाङले जानकारी दिए । एमाले महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ ।

    विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिकाे पाँच प्रतिशत मनोनित गर्न सकिने व्यवस्था छ । यसरी करिब एक सयकाे हाराहारीमा महाधिवेशन प्रतिनिधि मनाेनित हुनेछन् ।

    बैठकमा महाधिवेशनकाे तयारी र व्यवस्थापकीय कामबारे छलफल हुनेछ । यसैबीच एमाले अध्यक्ष केपी ओलीले आज नै पत्रकार सम्मेलन गर्दैछन् । महाधिवेशन केन्द्रित रहेर ओलीले दिउँसाे २ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । 


    मंगलवार, मंसिर ७ २०७८०८:२९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij