Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस महाधिवेशन: आज ६० जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन

कांग्रेस महाधिवेशन: आज ६० जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन

  • सोमवार, मंसिर ६ २०७८

  • 718
    SHARES

  • कांग्रेस महाधिवेशन: आज ६० जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन

    काठमाडौं - सत्तासीन नेपाली कांग्रेसको ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन आज सोमबार सुरु हुँदैछ । 

    केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुन लागेको हो । 

    कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत वडा, पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ ।  १४ हिमाली जिल्लामा प्रतिनिधिसभा  क्षेत्रीय अधिवेशन पनि सम्पन्न भइसकेको छ ।

    क्षेत्रीय अधिवेशनमा वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले नेतृत्वका लागि मतदान गर्ने छन् । कांग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका छ।

     


    सोमवार, मंसिर ६ २०७८०७:४८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij