Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रदेश २ का नवनियुक्त दुई मन्त्रीले लिए सपथ

प्रदेश २ का नवनियुक्त दुई मन्त्रीले लिए सपथ

  • आइतवार, मंसिर ५ २०७८

  • 283
    SHARES

  • प्रदेश २ का नवनियुक्त दुई मन्त्रीले लिए सपथ

    काठमाडौँ । प्रदेश २ सरकारमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समावादी पार्टी पनि सहभागी भएको छ । आज एकीकृत समाजवादीका तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र प्रमोद यादव मन्त्रीको शपथ लिएका छन् ।

    महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले कानून न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । आज मधेस भवनमा आयोजित शपथग्रहण समारोहमा नवनियुक्त दुबै मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ खुवाउनुभएको हो ।

    नेकपा एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीको प्रदेशसभामा १३ सांसद छन् । यसअघि नै एकीकृत समाजवादीलाई सरकारमा ल्याउने प्रयास भएको थियो । तर मन्त्रालयको भागबण्डामा कुरा नमिल्दा यो पार्टी सरकारमा गएको थिएन । जसपाले नेतृत्व गरेको प्रदेश सरकारमा यसअघि नै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेका छन् ।


    आइतवार, मंसिर ५ २०७८११:०७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij