काठमाडौँ । प्रदेश नम्बर २ का नवनियुक्त दुई जना मन्त्रीले आज सपथ लिने भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले नेकपा (एकीकृत समाजवादी)का शत्रुधन महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र प्रमोद यादवलाई कानुन, न्याय तथा प्रदेश मामिला मन्त्री नियुक्त गर्नुभएको थियो ।
हिजो नियुक्त गरिएका मन्त्रीहरुलाई आज सपथ ग्रहण गराउने कार्यक्रम छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेस भवनस्थित कभर्ड हलमा मन्त्रीहरूलाई सपथ खुवाउने कार्यक्रम रहेको छ ।
भागबन्डा नमिल्दा नेकपा (एकीकृत समाजवादी) ढिलो गरी सरकारमा गएको हो । मुख्यमन्त्री राउत नेतृत्वको सरकार अब दुई तिहाइको शक्तिशाली बनेको छ ।जसपा नेतृत्वको सरकारमा कांग्रेसका ३ मन्त्री छन् भने (नेकपा एकीकृत समाजवादी) का दुई र माओवादी केन्द्रका १ मन्त्री छन् ।