Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

वडा सम्मेलनबाट देशभर माओवादीमा नेतृत्व चयन, बाँकी जिल्लामा आज

वडा सम्मेलनबाट देशभर माओवादीमा नेतृत्व चयन, बाँकी जिल्लामा आज

  • आइतवार, मंसिर ५ २०७८

  • 480
    SHARES

  • वडा सम्मेलनबाट देशभर माओवादीमा नेतृत्व चयन, बाँकी जिल्लामा आज

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले देशैभर वडा सम्मेलन सम्पन्न गरेको छ । वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन भएका छन् । वडा सम्मेलन उत्साहजनकरूपमा सम्पन्न भएको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो ।

    सम्मेलन सम्पन्न भएका वडाको तथ्याङ्क सङ्कलन भइरहेको र त्यसको विवरण सार्वजनिक हुने उहाँले बताउनुभयो । माओवादी केन्द्रले हिजो देशै भर वडा सम्मेलन गरेको थियो । प्राविधिक समस्याका कारण हिजो केही वडामा सम्मेलन हुन नसकेको र बाँकी रहेका वडामा आज नयाँ नेतृत्व चयन हुने सचिव ढकालले बताउनुभयो ।

    पछिल्ला समय सांगठनिक सुदृढीकरणमा जुटेको माओवादीले मङ्सिर ११ गते पालिका सम्मेलन गर्ने तयारी गरेको छ । यस्तै, यही मङ्सिर २५ गते प्रदेश सम्मेलन हुने छ । माओवादी कन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तय गरेको छ । धेरैजसो वडामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएका माओवादी केन्द्रले जनाएको छ ।


    आइतवार, मंसिर ५ २०७८०७:४३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij