Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

पाँच त के १० वटै दल एकजुट भए पनि एमालेलाई फरक पर्दैन : ओली

पाँच त के १० वटै दल एकजुट भए पनि एमालेलाई फरक पर्दैन : ओली

  • शनिवार, मंसिर ४ २०७८

  • 310
    SHARES

  • पाँच त के १० वटै दल एकजुट भए पनि एमालेलाई फरक पर्दैन : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठवन्धनका केही दल कांग्रेसको औंला नसमाती हिँड्नै नसक्ने आरोप लगाउनुभएको छ । उहाँले आगामी चुनावमा एमाले कसैको वैशाखी नटेकी हिँड्ने र विजय हासिल गर्ने दाबी गर्नुभयो ।

    नेपाल सम्वतका अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले १० वटै दल एमालेविरुद्ध एकजुट भएर आए पनि फरक नपर्ने बताउनुभयो । उहाँले एमाले सिध्याउँछु भनेर पाँच होइन, १० वटै दल आए पनि एमालेलाई केही फरक नपर्ने बताउनुभयो ।

    आफ्नो सरकार ढालेर कांग्रेसको औंला समातेर हिँड्नेहरुले चुनावसम्म गठबन्धन रहने कुरा गरिरहेको ओलीले बताउनभुयो । ‘कांग्रेसले चुनावसम्म गठवन्धन हुन्छ भनेको सुनेको छैन । जो कांग्रेसको औंला नसमाती हिँड्न सक्दैनन् उनीहरु यस्तो भन्दैछन् । तर, कांग्रेसले कहिलेसम्म औंला दिन्छ मलाई थाहा छैन,’ ओलीले भन्नुभयो ।

    आफ्नो पार्टी एमाले अहिले फोहोरहरु पन्छिएर सफा बनेको ओलीले बताउनुभयो । एमाले अब सदृढ एकताका साथ अगाडि बढ्ने भन्दै उहाँले एक्लै चुनाव लडेर जित्ने दावी पनि गर्नुभयो ।


    शनिवार, मंसिर ४ २०७८०६:३७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij