Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–विप्लव भेटवार्ता : सहयकार्य र पार्टी एकताबारे छलफल

प्रचण्ड–विप्लव भेटवार्ता : सहयकार्य र पार्टी एकताबारे छलफल

  • शनिवार, मंसिर ४ २०७८

  • 530
    SHARES

  • प्रचण्ड–विप्लव भेटवार्ता : सहयकार्य र पार्टी एकताबारे छलफल

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।

    छलफलमा प्रचण्ड पार्टी एकताका लागि राखेको प्रस्तावमा विप्लवले माओवादी केन्द्रसँग तत्कालै एकताको सम्भावना नरहेको बताउनुभएको थियो । सहकार्य भने गर्दै जाने विप्लवको जवाफ रहेको बताइएको छ ।

    माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच केही दिनयता पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आएको छ । यसको पहल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले गर्दै आउनुभएको छ । आज बिहान पनि महराले नै विप्लवलाई प्रचण्डको निवास खुमलटार लगेर जानुभएको थियो ।

    तत्कालीन नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्य ‘किरण’सँगै विप्लव पनि अलग हुनुभएको थियो । पछि उहाँ वैद्यबाट पनि अलग हुनुभयो । उहाँले २०७१ साल मंसिर १३ गते चितवनमा अलग्गै भेला गरी आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गर्ने निर्णय गर्नुभएको थियो ।

    तर भूमिगत रुपमा बम विष्फोट, व्यक्ति हत्या लगायतका गतिविधि गरेपछि तत्कालीन सरकारले २०७५ फागुन २८ गते विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । पछि सरकारसँग २०७७ फागुन २१ गते तीन बुँदे सहमति गरेर विप्लव नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीतिमा आएको हो ।


    शनिवार, मंसिर ४ २०७८०६:०५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij