Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

हाम्रो मन्त्रीले भ्रष्टाचार गरे कारबाही गर्छौं : माधव नेपाल

हाम्रो मन्त्रीले भ्रष्टाचार गरे कारबाही गर्छौं : माधव नेपाल

  • शनिवार, मंसिर ४ २०७८

  • 327
    SHARES

  • हाम्रो मन्त्रीले भ्रष्टाचार गरे कारबाही गर्छौं : माधव नेपाल

    काठमाडौँ । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताउनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालद्वारा भक्तपुरमा आयोजित दुईदिने राष्ट्रिय भेलाको आज अन्तिम दिनका कार्यक्रममा उहाँले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको र गलत गरे कारबाही गर्ने जानकारी गराएको बताउनुभयो ।

    उहाँले सरकारमा रहेका आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कारबाही गरेर फिर्ता बोलाइने बताउँदै शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुनेगरी निजीकरण गरिएकाले सरकारले त्यसलाई निरुत्साहित गरी जनताको सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    अध्यक्ष नेपालले नेकपा एमालेमा सच्चा कम्यनिष्टलाई ढोका बन्द गरेपछि बाहिर आउनु परेको बताउनुभयो । अहिले एमालेले बिद्रोह गरेको पार्टी सकिन्छ भन्ने भ्रम फैलाउँदै हिँडेको भन्दै उहाँले पुष्पलालले अगाडि बढेकै बाटो नेकपा समाजवादीले हिँडेकाले त्यस्तो अवस्था नआउने दाबी गर्नुभयो ।

    अध्यक्ष नेपालले नेकपा समाजवादीमा आउनेको देशव्यापी लहर चलेको उल्लेख गर्दै राम्रो संस्कार जति समाजवादीमा ल्याएको र आउने क्रम जारी रहेको बताउनुभयो ।


    शनिवार, मंसिर ४ २०७८०५:५९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij