Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

माओवादीको सदस्य संख्या सात लाख ३५ हजार पुग्यो

माओवादीको सदस्य संख्या सात लाख ३५ हजार पुग्यो

  • शुक्रवार, मंसिर ३ २०७८

  • 425
    SHARES

  • माओवादीको सदस्य संख्या सात लाख ३५ हजार पुग्यो

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको संगठित सदस्यता लिनेको संख्या शुक्रबारसम्म सात लाख ३५ हजार पुगेको छ । पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शुक्रबार मध्यान्हसम्म सात लाख ३५ हजारले सदस्यता फारम भरेको कार्यालयका सचिव शिव खकुरेलले जानकारी दिए ।

    उनले गैरभौगोलिकबाट आउने संख्या एकीन गर्न बाँकी नै रहेको बताए । खकुरेलका अनुसार सदस्यता लिने म्याद शनिबारसम्म बाँकी रहेकाले संख्या थपिने अनुमान केन्द्रिय कार्यालयले लिएको छ ।

    गत ६, ११, १२ र १३ असोजमा बसेको स्थायी कमिटीका निर्णय कार्यान्वयनका लागि जारी परिपत्रमा माओवादीले संगठन सुद्धृढीकरणको अभियानमा करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य राखेको उल्लेख गरेको थियो ।


    शुक्रवार, मंसिर ३ २०७८०३:५७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij