Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

बिहीबार बारको आन्दोलनमा भएको अप्रिय घटना दुःखद् : सर्वोच्च अदालत

बिहीबार बारको आन्दोलनमा भएको अप्रिय घटना दुःखद् : सर्वोच्च अदालत

  • शुक्रवार, मंसिर ३ २०७८

  • 259
    SHARES

  • बिहीबार बारको आन्दोलनमा भएको अप्रिय घटना दुःखद् : सर्वोच्च अदालत

    काठमाडौँ । सर्वोच्च अदालतले बिहीबार अदालत परिसरमा नेपाल बार एशोसियशनद्वारा आयोजित विरोध कार्यक्रममा भएको अप्रिय घटनाप्रति दुःख व्यक्त गरेको छ । सर्वोच्चले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेको हो ।

    त्यस प्रकारको अवस्था आउन नदिन अदालत प्रशासन सदैव गम्भीर तथा संवेदनशील रहेको र सम्बद्ध सबैबाट आवश्यक संयमता, सहयोग र समन्वय प्राप्त हुने विश्वाससमेत सर्वोच्चले व्यक्त गरेको छ ।

    बिहीबार दिउँसो कानुन व्यवसायीहरुमाथि नेपाल प्रहरीले लाठी प्रहार गर्दा नेपाल बार एसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ताहरु प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण र कपिलचन्द्र पोखरेल घाइते भएका थिए ।

    ‘नेपाल बार एशोसिएशनद्वारा मिति २०७८।०८।०२ मा सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमको क्रममा सिर्जना हुन गएको अप्रिय अवस्थाप्रति सर्वोच्च अदालत प्रशासन गहिरो दुःख व्यक्त गर्दछ । उक्त घटनामा केही विद्वान कानुन व्यवसायीहरू घाइते हुनुभएको जानकारी प्राप्त भएको हुँदा उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ,’ सर्वोच्चको विज्ञप्तिमा भनिएको छ ।


    शुक्रवार, मंसिर ३ २०७८०३:५२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij