काठमाडौं । नेपाली काँग्रेस पाल्पाका युवा नेता तथा जनआन्दोलनका घाइते किशोर पंगेनीले नेपाली काँग्रेसको लुम्बिनी प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिनुहुने भएको छ ।

उहाँले बुटवलमा आन्दोलनका क्रममा घाइते भएको र पाल्पा क्षेत्र नं. १ बाट जनआन्दोलनमा घाइते हुनेमा आफु मात्रै रहेकोले पार्टीका मतदाताहरुकै आग्रह अनुसार उम्मेदवारी दिन लागेको बताउनुभयो ।
प्रदेश सभा निर्वाचन क्षेत्र पाल्पा क्षेत्र नं. १ क बाट प्रदेश अधिवेशनको प्रतिनिधिका लागि उम्मेदवारी दिने उहाँको भनाई छ ।
नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसको पूर्व इकाइ सभापति समेत हुनुभएका पंगेनी पाल्पामा सक्रिय, सृजनात्मक र मिलनसार युवा नेताका रुपमा परिचित हुनुहुन्छ ।
युवा नेता पंगेनीले गत २०७४ सालको स्थानीय निर्वाचनका बेला रम्भा गाउपालिका वडा नं. ३ को वडा अध्यक्षमा समेत उम्मेदवारी दिनु भएको थियो ।