Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

अमेरिकी सहायक विदेशमन्त्रीले आज परराष्ट्रमन्त्रीसँग भेट्दै

अमेरिकी सहायक विदेशमन्त्रीले आज परराष्ट्रमन्त्रीसँग भेट्दै

  • शुक्रवार, मंसिर ३ २०७८

  • 471
    SHARES

  • अमेरिकी सहायक विदेशमन्त्रीले आज परराष्ट्रमन्त्रीसँग भेट्दै

    काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट्दै हुनुहुन्छ ।

    उहाँहरूबीच एमसीसी सम्झौता, दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल हुनेछ । सहायक विदेशमन्त्री लु र परराष्ट्रमन्त्री खड्काबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता हुनेछ ।

    लुले हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग उनकै निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको थियो । भेटका क्रममा दुई देशबीचको पारस्पारिक सम्बन्ध, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो ।

    नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र विकास साझेदारहरूसँग परिचित हुन लु तीन दिने भ्रमणका लागि यहि बुधबार नेपाल आउनुभएको हो ।

    काठमाडौं बसाइँका क्रममा उहाँले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने अमेरिकी दूतावासले जनाएको छ ।

    साथै, नेपालमा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन पनि गर्नुहुने छ ।


    शुक्रवार, मंसिर ३ २०७८०८:०९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij