काठमाडौँ । पूर्ण बैठक बसेर गोलाप्रथाबाट मुद्दा सुनुवाइ गर्ने निर्णय गरेसँगै आन्दोलनरत सबै न्यायाधीशहरु इजलास फर्किने भएका छन् । तर न्यायाधीशहरूले नेपाल बार एशोसिएशन र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच सहमति नभएसम्म जबरासँग बेन्च सेयरिङ नगर्ने नगर्ने बतामएका छन् ।
इजलास फर्कने असन्तुष्ट न्यायाधीशको कदमप्रति नेपाल बारले शंका व्यक्त गरेको भन्दै न्यायाधीशहरूले आफूहरू गोलाप्रथाबाट मुद्दा हेर्न इजालास गए पनि जबरासँगको इजलासमा भने नबस्ने निर्णय गरेका हुन् ।
जबराविरुद्ध बारको आन्दोलनमा समर्थनस्वरूप यस्तो निर्णय गरिएको उनीहरुले बताएका छन् । इजलास नफर्कंदा जनताले सास्ती पाएको भन्दै फर्कन राजी भएको, तर प्रधानन्यायाधीशमाथि बारले उठाएका प्रश्नमा न्यायाधीशहरू एकमत रहेको एक न्यायाधीले बताए ।