Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमाले महाधिवेशन प्रतिनिधिः यी १० जिल्लाबाट अझै नामावली केन्द्रमा आएन

एमाले महाधिवेशन प्रतिनिधिः यी १० जिल्लाबाट अझै नामावली केन्द्रमा आएन

  • बिहिवार, मंसिर २ २०७८

  • 477
    SHARES

  • एमाले महाधिवेशन प्रतिनिधिः यी १० जिल्लाबाट अझै नामावली केन्द्रमा आएन

    काठमाडौं – महाधिवेशन सुरु हुन आठ दिन बाँकी रहँदा नेकपा (एमाले)का १० जिल्लाका महाधिवेशन प्रतिनिधिको सूची अझै केन्द्रीय कार्यालयमा पुगेको छैन ।

    १० म‌ंसिरदेखि सुरु हुने एमालेको १०औँ महाधिवेशनमा प्रदेश १ का तीन जिल्ला, प्रदेश २ का पाँच जिल्ला र सुदूरपश्चिमका दुई जिल्लाबाट महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रमा आइपुगेको छैन ।

    ‘अहिलेसम्म ६७ जिल्लाका महाधिवेशन प्रतिनिधि चयन भएर केन्द्रमा नामावली आइसकेको छ,’ केन्द्रीय सदस्य सूर्य थापाले न्युज कारखानासँग भने, ‘अब १० जिल्लाको नाम आउँन बाँकी छ ।’ उनका अनुसार प्रदेश १ को सुनसरी, ताप्लेजुङ र पाँचथरबाट महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रमा आइसकेको छैन । 

    प्रदेश २ को बारा पर्सा र सर्लाही बाहेकको नामावली पनि केन्द्रमा पुगेको छैन । रौतहट, महोतरी, धनुषा, सिरहा र सप्तरीको नामावली केन्द्रमा आएकाे छैन । सुदूरपश्चिमका कैलाली र बाजुरवाट नामावली नआएको थापाले जानकारी दिए ।

    कैलालीमा भीम रावल समूहले समान्तर बैठक राखेर महाधिवेशन प्रतिनिधि चयन गरेका छ भने सुनसरी पनि दुवै पक्षबीच विवाद देखिँदा प्रतिनिधि चयन हुन सकेका छैनन् । 


    बिहिवार, मंसिर २ २०७८०९:४०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij