Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

अमेरिकी सहायक विदेशमन्त्रीले आज उच्चस्तरीय भेटवार्ता गर्दै

अमेरिकी सहायक विदेशमन्त्रीले आज उच्चस्तरीय भेटवार्ता गर्दै

  • बिहिवार, मंसिर २ २०७८

  • 387
    SHARES

  • अमेरिकी सहायक विदेशमन्त्रीले आज उच्चस्तरीय भेटवार्ता गर्दै

    काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आजदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्दै हुनुहुन्छ ।

    उहाँले आज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँको सरकारी निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै भोलि परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने कार्यक्रम छ । नेपाल बसाइका क्रममा अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्नुहुनेछ ।

    उहाँको नेपाल भ्रमणका क्रममा अमेरिका–नेपाल सम्बन्ध, एमसीसी सम्झौतालगायतका विषयमा छलफल हुनेछ । सन् २०१७ मा हस्ताक्षर भएको यो सम्झौता नेपालको संसदबाट अनुमोदन नहुँदा अमेरिकाले असन्तुष्टि जनाउँदै आएको छ।

    दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु तीन दिने भ्रमणका क्रममा हिजो बेलुका काठमाण्डौ आइपुग्नुभएको हो । दुई महिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लु नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र विकास साझेदारसँगको परामर्शका लागि काठमाण्डौ आउनुभएको हो । त्यस्तै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि आज काठमाण्डौ आउँदै हुनुहुन्छ ।

    अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको नेपाल भ्रमण दुई देशबीच कुटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेशका अवसरमा भएको हो ।


    बिहिवार, मंसिर २ २०७८०७:३९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij