Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

मुख्यमन्त्री राईले पाए विश्वासको मत, पक्षमा ५० र विपक्षमा २९ मत

मुख्यमन्त्री राईले पाए विश्वासको मत, पक्षमा ५० र विपक्षमा २९ मत

  • बुधवार, मंसिर १ २०७८

  • 335
    SHARES

  • मुख्यमन्त्री राईले पाए विश्वासको मत, पक्षमा ५० र विपक्षमा २९ मत

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाउनु भएको छ। आफूलाई प्रदेशसभाको विश्वास छ भनी उहाँले राखेको प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ ।

    राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गर्नुभएको छ ।

    आजको मतदानमा ७९ जना उपस्थित भएका थिए । मुख्यमन्त्री राईको पक्षमा उनको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् ।

    प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गरेको छ ।

     


    बुधवार, मंसिर १ २०७८०३:२४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij