Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

बारको धर्ना जारी, प्रधानन्यायाधीशले तोके १० इजलासमा १८६ मुद्दाको पेसी

बारको धर्ना जारी, प्रधानन्यायाधीशले तोके १० इजलासमा १८६ मुद्दाको पेसी

  • बुधवार, मंसिर १ २०७८

  • 445
    SHARES

  • बारको धर्ना जारी, प्रधानन्यायाधीशले तोके १० इजलासमा १८६ मुद्दाको पेसी

    काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ । 

    बारको धर्ना भइरहँदा प्रधानन्यायाधीश जबराले बुधबारका लागि १० इजलास गठन गरेका छन् । १० इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ । 
    जबराको राजीनामालाई बटम लाइन बनाएर बार र सर्वाेच्च अदालतकै न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका छन् ।

    संवाद र वार्ताबाट समाधान खोज्न जबराले गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै जबराकै राजीनामा नै समस्या समाधानको बाटो रहेको बताउँदै आएका छन् । 

    कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाएर जबराको राजीनामा मागिएको छ । 
     


    बुधवार, मंसिर १ २०७८११:३२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij