काठमाडौं । प्रदेश नम्बर–१ का मुख्यमन्त्री राजेन्द्र राईले आज बुधबार प्रदेशसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।
हिजै मंगलबार विश्वासको मत लिने तयारी भएपनि प्रमुख प्रतिपक्षी दलका सांसद उपस्थित नभएपछि बैठक स्थगित भएको थियो ।
आज बिहान ११ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।
पाँच दलीय गठबन्धनको समर्थनमा यहि कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराउनुभएको थियो ।
पाँच दलीय गठबन्धनमा ५० सांसद रहेकाले मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गर्न सहज छ ।
९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा विश्वासको मत पाउन ४६ सांसद आवश्यक हुन्छ ।