Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

देउवा-निधि: ३ दशक लामो सहकार्य तोड्दै आमनेसामने

देउवा-निधि: ३ दशक लामो सहकार्य तोड्दै आमनेसामने

  • बुधवार, मंसिर १ २०७८

  • 581
    SHARES

  • देउवा-निधि: ३ दशक लामो सहकार्य तोड्दै आमनेसामने

    काठमाडौं । शेरबहादुर देउवाको उत्तराधिकारीका रूपमा २०३६ सालमा नेपाली काँग्रेसका वर्तमान बिमलेन्द्र निधि उपसभापति नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए ।

    गृहनगर जनकपुरमा भएको संघको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा पुगेका निधि ४२ वर्षपछि माउ पार्टी काँग्रेसमा पनि देउवाका उत्तराधिकारी बन्न चाहन्थे । पार्टीको १४ औँ महाधिवेशनमा आफूलाई सहयोग गर्न सभापति देउवालाई निधिले पटकपटक आग्रह गर्दै आएका छन् । तर मङ्सिर २४ देखि काठमाडौँमा तोकिएको १४ औँ महाधिवेशनबाट देउवाले फेरि सभापतिमा दोहोरिने बताएका छन् ।

    दुवैले सभापतिको प्रत्याशी बन्ने तयारी तीव्र बनाएसँगै देउवा र निधिको लामो सहयात्रा अब प्रतिस्पर्धामा बदलिन लागेको छ ।

    काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको अन्तरसंघर्षदेखि १३ औँ महाधिवेशनबाट देउवालाई सभापतिमा निर्वाचित गराउन निधिको महत्त्वपूर्ण रहेको थियो ।

    फरक पार्टी गठन गर्न होस् वा तत्कालीन नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिकबीच एकीकरणको गुटगत प्रतिस्पर्धामा, देउवाका सारथि हुन् निधि ।

    झण्डै तीन दशक लामो गुटगत सहकार्य तोड्दै देउवा र निधिले अहिले अलगअलग बाटो रोजेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

     


    बुधवार, मंसिर १ २०७८०६:४१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij