Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा ६९ अंकको बृद्धि, साढे ५ अर्ब बढिको कारोबार

सेयर बजारमा ६९ अंकको बृद्धि, साढे ५ अर्ब बढिको कारोबार

  • मंगलवार, कार्तिक ३० २०७८

  • 1.1K
    SHARES

  • सेयर बजारमा ६९ अंकको बृद्धि, साढे ५ अर्ब बढिको कारोबार

    काठमाडौँ । सोमबार (हिजो)बाट सकारात्मक बनेको सेयरबजार मंगलबार (आज) पनि उच्च अंकले बढेको छ । साताको तेस्रो दिन आज पुँजीबजार मापक परिसूचक (नेप्से) ६९.२२ अंकले बढेर २७८४.५७ विन्दुमा उक्लिएको छ ।

    कारोबार पनि आज करिब एक अर्बले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कूल २२७ वटा कम्पनीका एक करोड ९३ हजार २२१ कित्ता सेयर ६९ हजार २०० पटक किनबेच हुँदा पाँच अर्ब ५२ करोड १६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज १४.९२ अंकले बढेर ५२१.४६ विन्दुमा उक्लिएको नेप्सेले जनाएको छ । आज पनि सबै उपसमूहको परिसूचक हरियाली बनेको छ ।

    आज छ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको थियो भने अन्य दुई कम्पनीको मूल्य पनि बढेर सर्किट विन्दुनजिक पुगेको थियो । विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै प्रतिकित्ता २.३७ प्रतिशतका दरले गुमाएका छन् ।

    आज महालक्ष्मी विकास बैंककै सेयर सबैभन्दा धेरै ३७ करोड २६ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । नेसनल हाइड्रो पावर कम्पनीको सेयर सबैभन्दा धेरै छ लाख ७४ हजार ३९७ कित्ता तथा साहस ऊर्जाको सबैभन्दा धेरै पाँच हजार ५३२ पटक किनबेच भएको नेप्सेले जनाएको छ ।


    मंगलवार, कार्तिक ३० २०७८०३:५३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij