Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रदेश १: एमाले नआएपछि प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री राईले भोलि विश्वासको मत लिने

प्रदेश १: एमाले नआएपछि प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री राईले भोलि विश्वासको मत लिने

  • मंगलवार, कार्तिक ३० २०७८

  • 536
    SHARES

  • प्रदेश १: एमाले नआएपछि प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री राईले भोलि विश्वासको मत लिने

    काठमाडौँ । प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्ष दलका एक जना पनि सांसद उपस्थित नभएको भन्दै सभामुख प्रदीपकुमार भण्डारीले मंसिर १ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको छ ।

    बैठक सुरु हुनासाथ सभामुख भण्डारीले आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षका एक जना पनि सांसद उपस्थित नरहेको भन्दै बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।

    यसअघि प्रमुख प्रतिपक्ष नेकपा एमालेले आज बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा बैठक स्थगित गर्न माग गर्नुभएको थियो ।

    पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि राईले प्रदेशसभाबाट आज विश्वासको मत लिन लाग्नुभएकोे थियो । एमालेका सांसदले संसद बैठक बहिष्कार गरेपछि विश्वासको मत लिनको लागि सभामुख प्रदीपकुमार भण्डारीले भोलि (बुधबार)का लागि अर्को बैठक बोलाउनुभएको छ ।

    मंसीर १ गते विहान ११ः३० बजेका लागि सभामुखले बैठकको समय तय गर्नुभएको छ । बुधबारको बैठकमा उपस्थित हुन सभामुख भण्डारीले प्रमुख प्रतिपक्ष दलका सांसदलाई निर्देशन समेत दिनुभएको छ ।


    मंगलवार, कार्तिक ३० २०७८०३:१४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij