Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेपाल बन्दको प्रभाव सामान्य, केही व्यक्ति पक्राउ

नेपाल बन्दको प्रभाव सामान्य, केही व्यक्ति पक्राउ

  • मंगलवार, कार्तिक ३० २०७८

  • 482
    SHARES

  • नेपाल बन्दको प्रभाव सामान्य, केही व्यक्ति पक्राउ

    काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौँ उपत्यकामा सामान्य रहेको छ । काठमाडौँमा आज बिहानैदेखि सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्वाध गुडिरहेका छन् ।

    अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु पनि निर्वाध गुडिरहेका देखिन्छ । बन्दका नाममा कुनै अप्रिय घटना हुन नदिन उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार महाराजगञ्जबाट तीन जना र साँखुबाट दुई जना गरी पाँच जना बन्दकर्ता पक्राउ समेत परेका छन् ।

    उता, दमौलीमा पनि बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्कर लगायत पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले जानकारी दिनुभयो ।

    पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उहाँले माग पनि गर्नुभएको छ । पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपाले आजका लागि बन्द आह्वान गरेको हो ।


    मंगलवार, कार्तिक ३० २०७८०९:१८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij