Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

  • मंगलवार, कार्तिक ३० २०७८

  • 505
    SHARES

  • प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

    काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । पाँच दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराउनुभएको थियो ।

    आज दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिन लागेका हुन् । यसअघि कात्तिक २३ गते बोलाइएको बैठकमा विश्वासको मतका लागि आवश्यक तयारी नपुगेकोले मुख्यमन्त्री राईको आग्रहमा सभामुख प्रदीप कुमार भण्डारीले आजसम्मका लागि सूचना टाँसेर बैठक स्थगित गर्नुभएको थियो ।

    संविधानको धारा १६८ को (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । यही प्रावधान बमोजिम मुख्यमन्त्री राईले आज विश्वासको मत लिन लाग्नुभएको हो ।

    मुख्यमन्त्री राईलाई विश्वासको मत दिन प्रदेश सांसदहरूलाई विराटनगरस्थित बिग होटलमा राखेर गठबन्धनका शीर्ष नेताहरूले निर्देशन दिएका छन् । प्रमुख प्रतिपक्षी एमालेले गठबन्धनका प्रदेश सांसदहरूलाई फकाएर राईको विपक्षमा मतदान गराउन सक्ने भन्दै गठबन्धन दलका सबै सांसदहरूलाई एकै ठाउँ भेला गरेर राखिएको छ ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पाँचदलीय गठबन्धनको समर्थनमा राई मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

    ९२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक हुन्छ । पाँच दलीय गठबन्धनका ५० सांसद रहेकोले मुख्यमन्त्री राईलाई विश्वासको मत सहजै प्राप्त हुने देखिएको छ ।


    मंगलवार, कार्तिक ३० २०७८०६:४७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij