Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीश जबराद्वारा बार एशोसिएशनलाई संवादका लागि आह्वान

प्रधानन्यायाधीश जबराद्वारा बार एशोसिएशनलाई संवादका लागि आह्वान

  • सोमवार, कार्तिक २९ २०७८

  • 1.5K
    SHARES

  • प्रधानन्यायाधीश जबराद्वारा बार एशोसिएशनलाई संवादका लागि आह्वान

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत बार एशोसिएशनलाई संवादका लागि आह्वान गर्नुभएको छ । आज विज्ञप्ति जारी गर्दै उहाँले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको प्रस्ट पार्नुभएको हो ।

    उहाँले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गर्नुभएको छ । जबराले जनताले विश्वासको शीरमा राख्दै आएको न्यायपालिकाको गरिमा र सम्मानलाई जोगाउनु न्यायपालिकाभित्रका सबै अवयवहरुको साझा दायित्व रहेको पनि प्रस्ट पार्नुभएको छ ।

    ‘नेपालको प्रधानन्यायाधीशका रुपमा मेरो अग्रसरता यस प्रक्रियामा जति आवश्यक छ, त्यतिकै अग्रसरता बार एशोसिएशन र यसका ईकाइहरुबाट पनि अपेक्षा गरिएको हुन्छ भन्नु अतिशयोक्ति हुँदैन,’ विज्ञप्तिमा उहाँले भन्नुभएको छ, ‘न्यायको एकै रथका दुई पाङ्ग्राका रुपमा रहेका बार र बेन्चले आफ्नो दायित्व मनन् गरी न्यायको रथलाई फेरि जनताको सेवामा निर्वाध गुडाइरहनुपर्ने चुनौती हाम्रा सामु खडा भएको छ ।’

    प्रधानन्यायाधीश जबराले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरु कार्यान्वयन गर्ने सन्दर्भमा खुला हृदयका साथ अग्रसरता लिन आफू तयार रहेको पनि प्रस्ट पार्नुभएको छ ।


    सोमवार, कार्तिक २९ २०७८११:५६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij