Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images
न्यायालय विवाद

आज पनि प्रधानन्यायाधीशको पक्ष र विपक्षमा प्रदर्शन, प्रहरीद्वारा बल प्रयोग

आज पनि प्रधानन्यायाधीशको पक्ष र विपक्षमा प्रदर्शन, प्रहरीद्वारा बल प्रयोग

  • सोमवार, कार्तिक २९ २०७८

  • 827
    SHARES

  • आज पनि प्रधानन्यायाधीशको पक्ष र विपक्षमा प्रदर्शन, प्रहरीद्वारा बल प्रयोग

    काठमाडौँ । सर्वोच्च अदालत परिसरमा आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष र विपक्षमा प्रदर्शन भएको छ । नेपाल बार एशोसिएशनको अगुवाइमा कानून व्यवसायी धर्नामा उत्रिएका हुन् भने जबराका समर्थकहरुले पनि न्याय निरुपणको काम अवरुद्ध भएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

    सर्वोच्च अदालतभित्र प्रवेश गरेर प्रदर्शन गरेका कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो । केही कानून व्यवसायीहरुमाथि प्रहरीले सामान्य लाठीचार्ज पनि गरेको छ ।

    कानून व्यवसायीले अघिल्ला दिन प्रदर्शन गर्दै आएको ठाउँसम्म पुग्नबाट प्रहरीले रोकेको छ । कानून व्यवसायीलाई मूल गेटसम्म प्रवेश नदिने सुरक्षा रणनीति बनाइएको छ । यता, जबराको समर्थनमा प्रदर्शन गर्ने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    नेपाल बारको अगुवाइमा आन्दोलनरत कानुन व्यवसायीहरुले भने आफूहरुको आन्दोलन बिथोल्न प्रधानन्यायाधीश जबराको निर्देशनमा ‘भिजिलान्ते’हरु प्रयोग गरिएको आरोप लगाउँदै आएका छन् ।

    यसैबीच, आज आन्दोलनको रिपोर्टिङ गर्न पुगेका पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ । हिजोसम्म पत्रकारहरुले सर्वोच्च परिसरभित्रै प्रवेश गरी रिपोर्टिङ गर्दै आएका थिए । आज भने पास भएका पत्रकारहरुलाई समेत प्रहरीले प्रवेशमा रोक लगाएको छ ।


    सोमवार, कार्तिक २९ २०७८११:२८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij