Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चमा देखिएको समस्या चाँडै निरुपण हुन्छ : यादव

सर्वोच्चमा देखिएको समस्या चाँडै निरुपण हुन्छ : यादव

  • शनिवार, कार्तिक २७ २०७८

  • 282
    SHARES

  • सर्वोच्चमा देखिएको समस्या चाँडै निरुपण हुन्छ : यादव

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमाा देखिएको समस्या चाँडै निरुपण हुने बताउनुभएको छ ।

    ‘न्यायालयभित्रको समस्याको समाधान त्यहीँ भित्रबाट खोज्नुपर्छ र उहाँहरूले गर्नुहुन्छ, एकाध दिन ढिलोचाँडो मात्रै हो । अदालतमा राजनीतिक हस्तक्षोप गरेर हुँदैन किनकि दुनियाँमा कहीँ पनि यस्तो चलन छैन ।

    त्यसैले गठबन्धनले समस्याको समाधान सम्बन्धित निकायबाटै चाहेको हो,’ विराटनगरमा आज पत्रकारहरूसँगको कुरकानीमा अध्यक्ष यादवले भन्नुभयो ।

    संविधानको पुनर्लेखन गर्नुपर्ने माग गर्दैआएका अध्यक्ष यादवले मुलुकमा अहिले देखिएको समस्याको मूल कारण त्रुटीपूर्ण संविधान नै भएकोले संशोधन गरेर परिमार्जन गर्नुपर्ने दोहो¥याउनुभयो ।

    अहिलेको संविधानलााई संशोधन गरेर परिमार्जन गर्नु नै राम्रो हुन्छ किनकि संशोधन हुन नसके मात्रै अन्य विकल्प खोज्ने हो,’ उहाले भन्नुभयो, ‘संविधान संशोधनका लागि दुईतिहाइ बहुमत आवश्यक हुन्छ । तर अहिलेको सत्तारुढ गठबन्धनसँग त्यो छैन, त्यसका लागि अर्ली इलेक्सन एउटा पाटो हो ।’

    संविधान संशोधन आम नेपाली र सबै दलको सरोकारको विषय भइसकेकोले यसका लागि साझा सहमति आवश्यक भएको अध्यक्ष यादवले बताउनुभयो ।

    नेता यादवले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको थियो । एमसीसी पास हुनुपर्ने तर राष्ट्रहितलाई ध्यानमा राखेर मात्रै गर्नुपर्ने उहाको भनाइ थियो ।

     


    शनिवार, कार्तिक २७ २०७८०२:५८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij