Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

बाँकी रहेका १२ जिल्लामा कांग्रेसको वडा अधिवेशन आजदेखि

बाँकी रहेका १२ जिल्लामा कांग्रेसको वडा अधिवेशन आजदेखि

  • शनिवार, कार्तिक २७ २०७८

  • 350
    SHARES

  • बाँकी रहेका १२ जिल्लामा कांग्रेसको वडा अधिवेशन आजदेखि

    काठमाडौँ । क्रियाशील विवादका कारण रोकिएको नेपाली कांग्रेसको वडा अधिवेशन आजबाट शुरू हुँदै छ । यसअघि भदौ १८ बाट शुरू भएको कांग्रेसको वडा अधिवेशन विभिन्न जिल्लामा सकिएका छन् ।

    विवादका कारण बाँकी रहेका जिल्लाको वडा अधिवेशन आजबाट सुरू हुने नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, महोत्तरी, बारा, सोलुखुम्बु, दार्चुला, म्याग्दीमा आज वडा अधिवेशन हुँदै छ ।

    सिन्धुपाल्चोक, पर्सा र सर्लाहीमा भने आज वडा अधिवेशन नहुने भएको छ । सिन्धुपाल्चोकमा ३० गते वडा अधिवेशन हुनेछ भने पर्सामा अझै टुंगो लागेको छैन । यस्तै सर्लाहीका निर्वाचन अधिकृतले राजीनामा दिएकाले त्यहाँको अधिवेशन पनि अनिश्चित बनेको छ ।

    वडा अधिवेशन सकाएपछि कांग्रेसले बाँकी रहेका गाउँ÷नगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक क्षेत्रमात्र भएको जिल्लामा जिल्ला अधिवेशन मंसिर ६, एकभन्दा बढी क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १० मा गर्ने तालिका सार्वजनिक गरेको छ ।

    प्रदेश अधिवेशन मंसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने कांग्रेसको तयारी छ ।


    शनिवार, कार्तिक २७ २०७८०८:५२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij