काठमाडौँ । नेकपा एमालेले आज देशभरबाट एकसाथ महाधिवेशन प्रतिनिधि चयन गर्दै छ । पार्टीमा संगठित भएका सदस्यहरुले प्रतिनिधि चयन गर्ने छन् । पार्टीमा हालसम्म ८ लाख १० हजार संगठित सदस्य रहेका एमालेको दाबी छ ।
महाधिवेशनका लागि एमालेले कुल १ हजार ९ सय ९९ प्रतिनिधि चयन हुने जनाएको छ । कतिपय जिल्ला र क्षेत्रमा यसअघि नै सर्वसम्म प्रतिनिधि चयन भइसकेका छन् । प्रतिनिधि चयन सकेसम्म सहमतिमै गर्न एमालेले आग्रहसमेत गरेको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना चयन गर्नुपर्ने एमालेले जनाएको छ । यसमा ८ सयसम्म सदस्य थप भएमा थप १ जना, १६ सयसम्म सदस्य भए थप २ जना, २४ सयसम्म सदस्य थप भएमा कम्तिमा १ महिलासहित ३ जना चयन गर्नुपर्ने एमालेले जनाएको छ ।
आगामी मंसिर १० देखि १२ गतेसम्म एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा आयोजना हुँदै छ ।