Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

कानुन व्यवसायीबीच सर्वोच्च परिसरमा झडप, केही पक्राउ

कानुन व्यवसायीबीच सर्वोच्च परिसरमा झडप, केही पक्राउ

  • शुक्रवार, कार्तिक २६ २०७८

  • 1.1K
    SHARES

  • कानुन व्यवसायीबीच सर्वोच्च परिसरमा झडप, केही पक्राउ

    काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायी र उनको पक्षमा रहेका कानुन व्यवसायीबीच झडप भएको छ ।

    आज प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै अदालत प्रवेशमा रोक लगाउन पुगेका नेपाल बार एशोसिएशनका कानुन व्यवसायी र जबरा पक्षधर कानुन व्यवसायीबीच सर्वोच्च अदालत बाहिर धकेलाधेकल भएको हो ।

    दुई पक्षबीच झडपको अवस्था बनेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा प्रहरीले प्रधानन्यायाधीश जबरा पक्षमा नाराबाजी र झडपमा उत्रिएका ३ महिलासहित ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि बारका पदाधिकारीहरु सर्वोच्च बाहिर धर्नामा बसेका छन् ।


    शुक्रवार, कार्तिक २६ २०७८१०:४२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij