Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै, राष्ट्रिय सम्मेलनबारे छलफल हुने

माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै, राष्ट्रिय सम्मेलनबारे छलफल हुने

  • शुक्रवार, कार्तिक २६ २०७८

  • 763
    SHARES

  • माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै, राष्ट्रिय सम्मेलनबारे छलफल हुने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । अधिकांश नेताहरु उपत्यका बाहिर भएकाले बैठक भर्चुअल रुपमा बस्न लागेको हो । साँझ ६ बजे बस्ने बैठक आसन्न राष्ट्रिय सम्मेलनका विषयमा केन्द्रित रहने स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।

    साथै बैठकमा वडा, पालिका तथा जिल्ला सम्मेनलका विषयमा समेत छलफल हुने उहाँले बताउनुभयो । बैठकमा संगठित सदस्यता नवीकरणको म्याद थप्ने विषयमा समेत छलफल हुने बताइएको छ ।

    संगठित सदस्य ७ लाखभन्दा बढी पुर्याउने लक्ष्य लिएको पार्टीले नवीकरणमा उत्साहजनक सहभागिता देखिएकाले समय थप गर्ने विषयमा छलफल गर्न लागिएको नेता पोखरेलले बताउनुभयो ।

    माओवादी केन्द्रले पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्दै छ । बैठकमा पार्टीको वर्तमान अवस्था तथा भावी रणनीतिबारे समेत छलफल हुने जनाइएको छ ।


    शुक्रवार, कार्तिक २६ २०७८१०:०९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij