Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

रामचन्द्र पौडेलले बोलाए आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक

रामचन्द्र पौडेलले बोलाए आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक

  • शुक्रवार, कार्तिक २६ २०७८

  • 372
    SHARES

  • रामचन्द्र पौडेलले बोलाए आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक

    काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाउनुभएको छ । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि नेता पौडेलले आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाउनुभएको हो ।

    बैठक आज दिउँसो बस्ने पौडेल निकट केन्द्रीय सदस्य गुरु घिमिरेले बताउनुभयो । पौडेल समूहले केन्द्रीय समिति बैठकमा आफ्नो समूहबाट साझा धारणा बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुको बैठक बोलाएको जनाएको छ ।

    हिजो मात्रै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूनिकट पदाधिकारीसँग छलफल गर्नुभएको थियो । कांग्रेस केन्द्रीय समिति बैठक भोलि बस्दै छ । केन्द्रीय समिति बैठकले महाधिवेशनको तयारीका लागि विभिन्न उपसमिति गठन गर्ने बताइएको छ ।

    कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देशि २६ सम्म काठमाडौँमा हुँदै छ । कांग्रेसले वडा अधिवेशन नभएका जिल्लाहरुमा कात्तिक २७ गतेदेखि अधिवेशनका कार्यक्रम सुरु गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ ।


    शुक्रवार, कार्तिक २६ २०७८०८:१७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij